कांग्रेसले टुङ्गो लगायो पर्सामा उम्मेदवार, को- कहाँबाट ?
सोमबार, ०५ माघ २०८२, २२ : २१
सारांश
- नेपाली कांग्रेसले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको छ।
- पार्टीले अनिल रुंग्टा, अजयकुमार चौरसिया, सुरेन्द्र चौधरी र रमेश रिजाललाई उम्मेदवार बनाएको हो।
- यसअघिका निर्वाचनमा चौरसिया र रिजाल निर्वाचित भएका थिए भने अन्यले पनि टिकट पाएका थिए।
वीरगन्ज । नेपाली कांग्रेसले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ ।
केन्द्रीय समितिले सोमबार राति जिल्लाको चारै निर्वाचन क्षेत्रको उम्मेदवार बारे टुङ्गो लगाएको कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुंग्टाले बताए ।
कांग्रेसले पर्सा क्षेत्र नम्बर–१ बाट अनिल रुंग्टा, क्षेत्र नम्बर–२ बाट अजयकुमार चौरसिया, क्षेत्र नम्बर–३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नम्बर–४ बाट रमेश रिजाललाई उम्मेदवार बनाएको हो।
कांग्रेसले यो पटक पनि उम्मेदवार चयन गर्दा सबै पुरानै अनुहारलाई दोहोर्याएको छ । यसअघिका निर्वाचनमा पनि रुंग्टाबाहेक अहिलेका सबै उम्मेदवारले टिकट पाएका थिए । जसमध्ये चौरसिया र रिजाल निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण