सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको लाग्यो टुंगो
सारांश
- नेपाली कांग्रेसले सुनसरीका चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ।
- क्षेत्र नं. १ मा सुजेन्द्र तामाङ, क्षेत्र नं. २ मा राजीव कोइराला, क्षेत्र नं. ३ मा बेद गच्छदार र क्षेत्र नं. ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन्।
- विभिन्न क्षेत्रमा नेताहरू फरक-फरक समूहबाट आएका छन्, जसमा केही अघिल्लो निर्वाचनमा पराजित भएका थिए।
विराटनगर । नेपाली कांग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं. १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् । तामाङ कांग्रेसका नेता शेखर कोइराला निकट रहेकोमा विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रबाट उनको नाम सिफारिस नभएको भएपनि टिकट पाएका हुन् ।
क्षेत्र नं. २ मा कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७४ मा कोसी प्रदेश संसदीय दलको नेता भएका कोइराला २०७९ को प्रदेश सभा निर्वाचनमा २ (२) मा पराजित भएका थिए । शेखर कोइराला समूहका उनी काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।
सुनसरी क्षेत्र नंं. ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारलाई कांग्रेसले उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौँ पटक उम्मेदवार हुने इच्छा व्यक्त गरेको भएपनि कांग्रेसले बेदलाई टिकट दिएको हो ।
बेद दुहबी नगरपालिकामा करिब दोस्रो कार्यकालको लागि प्रमुख छन् । सो क्षेत्रबाट नेकपा एमालेले भगजती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा बिजय गच्छदारलाई पराजित गरेकी थिइन् ।
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । सो क्षेत्रबाट उनी अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनी शेरबहादुर देउवा पक्षका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण