हिमालयन च्यालेन्जर्स चेस : शतप्रतिशत जितसहित अभिक शाह बने च्याम्पियन
काठमाडौँ । सेन्ट जेभियर्स कलेजका उदयीमान खेलाडी अभिक शाहले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । थापाथलीमा सम्पन्न प्रतियोगितामा अभिकले ९ खेलमा ९ नै जित निकाल्दै शतप्रतिशत नतिजासहित ट्रफी चुमेका हुन् ।
सोमबार भएको अन्तिम तथा नवौँ चरणको खेलमा हार्दिक पन्तलाई पराजित गर्दै शीर्ष वरीयताका अभिकले अधिकतम २७ अङ्क जोडे । स्वीस लिग प्रणालीमा भएको प्रतियोगितामा उनले अन्तिम चरणअघि नै उपाधि सुनिश्चित गरिसकेका थिए । १७ वर्षीय अभिकले उपाधिसँगै नगद पुरस्कार प्राप्त गरे । यसअघि हिमालयन चेस एकेडेमीले आयोजना गरेको एसईई कपमा पनि उनी विजेता बनेका थिए ।
प्रतियोगितामा १९ अंकसहित द ब्रिटिश कलेजका सजल न्यौपाने उपविजेता बने । सजलले अन्तिम खेलमा सात्विकमान तुलाधरलाई पराजित गर्दै दोस्रो स्थान पक्का गरे । त्यस्तै, संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा १८ अंकका साथ तेस्रो भए । आशिर्वादले अन्तिम खेलमा लियोन महर्जनलाई पन्छाएका थिए । समान १८ अङ्क भए पनि मातृभूमि स्कुलका प्रवीर केसी टाइब्रेकरमा पछि पर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य भए ।
महिलातर्फ निहाना श्रेष्ठ १५ अंकसहित प्रथम भइन् । समान अङ्क भए पनि टाइब्रेकरका आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रो बने । विभिन्न उमेर समूहमा पनि खेलाडीहरूले स्वर्ण जिते । यु–८ मा विराज सरिया, यु–१० मा शुभांग प्रधान, यु–१२ मा हार्दिक पन्त, यु–१४ मा प्रवीर केसी र यु–१६ मा विमश लोहनी आफ्नो विधामा अब्बल ठहरिए । १५ अङ्क जोडेका अरिज राईले 'इमर्जिङ प्लेयर'को अवार्ड पाए ।
विजेता खेलाडीलाई पूर्वसचिव जीवनप्रभा लामा, राखेप सदस्य कुमार लामा घिसिङ, एकेडेमीकी संस्थापक मोनालिसा खम्बू लगायतले पुरस्कार तथा मेडल वितरण गरे । ३० खेलाडी सहभागी प्रतियोगितामा ९० मिनेट र ३० सेकेन्डको समय सीमा तोकिएको थियो । हिमालयन चेस एकेडेमीले युवा खेलाडीको स्तरवृद्धिका लागि आयोजना गरेको यो ११ औँ प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण