काठमाडौँ–४ मा एमालेले अझै टुङ्ग्याएन उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १० : ०९
सारांश
- नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगो लगाउन सकेको छैन।
- सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवार टुंग्याएपनि केही क्षेत्र होल्डमा राखिएको थियो।
- काठमाडौं ४ मा कांग्रेस र रास्वपाले पनि अहिलेसम्म उम्मेदवार टुङ्ग्याएको छैन।
काठमाडौँ । नेकपा एमालेले उम्मेदवारी मनोनयन गर्ने दिनसम्म पनि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार टुङ्ग्याउन सकेको छैन । यसअघि सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएपनि केही क्षेत्रको उम्मेदवार ‘होल्ड’मा राखिएको थियो ।
नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले मंगलबार बिहान १० बजेसम्म पनि काठमाडौँ ४ को उम्मेदवार होल्डमै रहेको बताए ।
‘अहिलेसम्म होल्डमै छ । केहीबेरपछि थाहा होला’, निरौलाले रातोपाटीसँग भने । काठमाडौँ ४ मा कांग्रेसले पनि अहिलेसम्म उम्मेदवार टुङ्ग्याएको छैन । रास्वपाले सस्मित पोखरेल, नेकपाले इन्द्र भुसाललाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा यसअघि कांग्रेसका गगन थापा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण