कास्कीमा रास्वपाको उत्साह: तीनै क्षेत्रमा उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ३८
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका तीनै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर रास्वपाका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

कास्की क्षेत्र नम्बर १ मा खड्कराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा उत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ३ मा भने बिना गुरुङले घन्टी चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएकी छन् । कास्कीका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू समर्थकहरूको ठूलो र्यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण