गोरखा–१ मा नेकपाबाट हरिराज अधिकारीको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ०१
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । अधिकारी यस क्षेत्रका लागि परिचित अनुहार हुन् ।
उनले यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट जितेका थिए । तत्कालीन निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठलाई ३ हजार २ सय १७ मतान्तरले पराजित गरेका थिए ।
पुरानो जितको अनुभव र संगठनको बलमा अधिकारी पुनः चुनावी मैदानमा उत्रिएपछि गोरखा–१ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण