बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गोरखा–२ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडीको उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १५ : ५५
मङ्गलबार, ०६ माघ २०८२

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दवाडीले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । 

दवाडीको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा गोविन्द गुरुङ छन् भने समर्थकमा किशोरजंग थापा छन् ।

उम्मेदवारी दर्ता गर्न उनी पार्टीका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

गोरखा–२ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले प्रदेशका प्रभावशाली नेतासमेत रहेका दवाडीलाई प्रतिनिधिसभाको चुनावी मैदानमा उतारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप