शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्व

अमेरिकाले अझै रिहा गरेन रूसी ट्याङ्कर चालक

मङ्गलबार, ०६ माघ २०८२, १७ : ०५
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • अमेरिकाले कब्जामा लिएका ट्याङ्करका दुई रूसी चालक दलका सदस्यलाई अझै रिहा गरेको छैन।
  • रुसले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाउँदै ट्याङ्कर कब्जा गरेको बताएको छ।
  • रुसी विदेशमन्त्रीले चालक दलको रिहाइको सुनिश्चितता भए पनि कार्यान्वयन नभएको बताए।

काठमाडौं । अमेरिकाले उत्तरी एटलान्टिकमा कब्जामा लिएका ट्याङ्करका दुई रूसी चालक दलका सदस्यलाई अझै रिहा नगरेको रूसले बताएको छ । अमेरिकाले मंगलबारसम्म उनीहरूलाई रिहा गर्ने बताएको थियो ।

यस महिनाको सुरुवातमा संयुक्त राज्य अमेरिकाले रुसी झण्डा भएको मारिनेरा ट्याङ्कर कब्जा गरेको थियो । अमेरिकी अधिकारीहरूले यो ट्याङ्कर भेनेजुएला, रुस र इरान जस्ता देशहरूमा तेल बोक्ने श्याडो फ्लीटको हिस्सा भएको आरोप लगाउँदै अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको बताएका थिए ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले पत्रकार सम्मेलनमा भने, 'हामीलाई आश्वासन दिइएको थियो कि उनीहरूको रिहाइ उच्च स्तरमा सुनिश्चित हुनेछ । दुर्भाग्यवश पछिल्ला दिनहरूले यो कार्यान्वयन भइरहेको छैन भनेर देखाए । हामी हाम्रा अमेरिकी सहकर्मीहरूले गरेका प्रतिज्ञा पूरा गर्ने अपेक्षा राख्छौँ ।'

संयुक्त राज्य अमेरिकाले सार्वजनिक रूपमा मारिनेराका चालक दलमाथि मुद्दा चलाउन सक्ने बताएको थियो, जसलाई रुसले ‘स्पष्ट रूपमा अस्वीकार्य’ भनेको छ ।

रूसी नौसेनाले भेनेजुएलाको तट नजिक ट्याङ्करलाई एस्कर्ट गरेको भए पनि अमेरिकी अधिकारीहरूले यसलाई कब्जा गरे । मस्कोले यसलाई अवैध ठहर गर्दै वासिङ्टनमाथि अन्तर्राष्ट्रिय ढुवानी र सुरक्षा खतरामा पार्ने आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप