मनोनयन दर्ताकै दिन अदालतले १ करोड धरौटी मागेपछि बोले रवि लामिछाने
सारांश
- रास्वपा सभापति रवि लामिछानेले निर्वाचनमा सहभागी हुन नपाएको गुनासो गरे।
- उनले आफूमाथि मुद्दाको सुनुवाइ चलिरहेको र अत्याचार भएको बताए।
- लामिछानेले फागुन २१ गते घण्टी बजाएर जनताले हिसाब दिने प्रतिक्रिया दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले देश निर्वाचनमय भएपनि आफू सहभागी हुन नपाएको बताएका छन् ।
उनले मंगलबार सामाजिक सञ्चालन फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर विडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकि आजै देशका तीन वटा (पर्सा, काठमाडौँ र रुपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ । अरू अदालतको आदेश आउँदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु ।
उनले आफूमाथि गरिएको पाप र अत्याचारको हिसाब–किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिने समेत बताए ।
उनले सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाइएको समेत बताए ।
उनले भने,'देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू ।'
आफूलाई जिउँदो छोडेर एउटा गुण लगाइएको उल्लेख गर्दै उनले भने, 'म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु । फेरि पनि भन्छु म अभिमन्यु होइन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गाबाट ५ टन काठको कोइलासहित दुई जना पक्राउ
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण