मताधिकार प्राप्त ‘बी’ डिभिजन क्लबहरूको छनोट कार्यक्रम स्थगित
सारांश
- एन्फाले प्राविधिक कारण देखाउँदै शहीद स्मारक 'बी' डिभिजनका मताधिकार प्राप्त क्लबहरूको छनोट कार्यक्रम स्थगित गरेको छ।
- एन्फाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो।
- छनोट प्रक्रिया स्थगित भएपछि क्लबहरूमा अन्योल बढेको छ, र नयाँ मिति पछि तय गरिने एन्फाले जनाएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजनका मताधिकार प्राप्त क्लबहरूको छनोट कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। एन्फाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राविधिक कारण देखाएर अर्को सूचना नभएसम्मका लागि कार्यक्रम रोकेको जानकारी दिएको हो।
एन्फाको विधान अनुसार ‘बी’ डिभिजनमा आबद्ध १४ क्लबमध्येबाट ११ वटा सदस्य क्लबले मताधिकार पाउने व्यवस्था छ। सोही व्यवस्था बमोजिम एन्फाले आफ्ना प्रतिनिधि छनोट गरी पठाउनका लागि मिति, समय र स्थान समेत तोकिसकेको थियो। तर, अन्तिम समयमा आएर छनोट प्रक्रिया स्थगित भएपछि क्लबहरूमाझ अन्योल बढेको छ।
एन्फाका महासचिव किरण राईद्वारा जारी सूचनामा विशेष प्राविधिक कठिनाइका कारण यो निर्णय लिनुपरेको उल्लेख गरिएको छ। एन्फाको आगामी साधारण सभा र निर्वाचनका लागि यी मताधिकार प्राप्त क्लबहरूको भूमिका महत्वपूर्ण मानिन्छ। स्थगित गरिएको छनोटको नयाँ मिति पछि तय गरिने एन्फाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण