आफ्नै विरासत जोगाउने चुनौतीमा बाबुराम
काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवारी नदिने प्रतिबद्धता विपरीत पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ठाउँ छाडेका थिए ।

तीन वर्षपछि उनी फेरि चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । भट्टराईको प्रतिपर्धामा कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन् । माओवादी जनयुद्धका मुख्य नेतामध्ये एक रहेका उनी २०६४, २०७० र २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । भदौमा भएको जेनजी विद्रोहलाई समर्थन गरेका भट्टराईले रास्वपा र जेनजी युवाहरूको समर्थन पाउने विश्वास लिएका छन् । उनलाई विगतको आफ्नै विरासत जोगाउन चुनौती देखिएको छ ।
अघिल्लो निर्वाचनमा प्रचण्डले २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका बुर्लाकोटीले १२ हजार ६३९ मत पाएका थिए । एमालेका अब्दुस सलाम मियाले सात हजार ३९५ मत प्राप्त गरेका थिए ।
गोरखा–२ मा गोरखा नगरपालिका वडा नम्बर ८, ९, १०, ११, १२, १३, १४, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिका पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण