तनहुँ–२ मा उज्यालो नेपालबाट मनराजको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १८ : ०५
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ मा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकाबाट मनराज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
उज्यालो नेपाल गण्डकी प्रदेशका संयोजक समेत रहेका गुरुङले खिमलाल पोखरेलको प्रस्ताव र टुकबहादुर गुरुङको समर्थनमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले जेनजी पुस्ताको आन्दोलन र भावनालाई सार्थकता दिन आफू चुनावी मैदानमा होमिएको बताए ।
‘जेनजी विद्रोहपछि युवाहरूले नेतृत्व लिनुपर्छ भन्ने म्यान्डेड छ । खासगरी पुस्तान्तरण, भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयलाई सही ढङ्गले अगाडि बढाउन युवाहरूकै नेतृत्व आवश्यक छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण