उम्मेदवार
संसदीय राजनीतिमा डेब्यु गर्ने तयारीमा रास्वपाका विपिन
मङ्गलबार, ०६ माघ २०८२, १८ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार उनले दाङ क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका हुन् । पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेलको सामना गर्दैछन् । पार्टीको समानुपातिक बन्दसूचीको एक नम्बरमा रहेका उनले अन्तिम समयमा नाम फिर्ता लिएर प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट माओवादी केन्द्रकी रेखा शर्माले शंकर पोखरेललाई हराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण