सिन्धुली –२ मा महेश्वर दाहाल बागी उम्मेदवार
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर–२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् ।
नेकपामा आबद्ध दाहालले टिकट वितरणमा असन्तुष्टि देखाउँदै बागी उम्मेदवारी दिएका हुन् ।
सो क्षेत्रमा नेकपाका तर्फबाट लेखनाथ दाहाल ‘राजन’ लाई उम्मेदवार बनाएको थियो । टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेका जिल्ला संयोजक र इञ्चार्ज सहितको टिमको सहयोगमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेकपाबाट विद्रोह गरेर सिन्धुली–२ मा उम्मेदवार महेश्वरको प्रस्तावकमा नेता हरिबोल गजुरेल, समर्थकमा जिल्ला संयोजक पानीराज बम्जन रहेका छन् ।
उनलाई नेकपा जिल्ला इन्चार्ज बसन्त माझी सहित केन्द्रीय सदस्यहरू तथा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको साथ रहेको छ । उनीहरू उम्मेदवारी दर्ताको समयमा पनि उपस्थित रहेका थिए ।
यसअघि मंगलबार मात्र नेकपा सिन्धुली संयोजक बम्जनले टिकट वितरणमा भएको कमजोरी सच्याउन माग गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण