शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

फागुन २१ : बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, २० : २९
मङ्गलबार, ०६ माघ २०८२

धनगढी । बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले तोकेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले जानकारी दिए ।

नेकपा एमालेका दामोदर भण्डारी र नेपाली कांग्रेसका तर्फबाट नेपाल क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेकपा माओवादीबाट रामबहादुर कुँवर र आम जनता पार्टीबाट विसनसिंह बोहराले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पन्तले बताए ।

यस्तै, कांग्रेस पार्टी परित्याग गरेका तेजबहादुर चन्द र जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप