गृहमन्त्रीको प्रश्न : अहिले सुरक्षाकर्मीमाथि पक्षपात देख्नुभएको छ ?
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले यसअघि सुरक्षाकर्मीमाथि ‘पक्षपात’ हुने गरेको दाबी गरेका छन् । मङ्गलबार गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले चुनावको सुरक्षामा खटिने प्रहरीको मनोबल बारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘पहिले पक्षपात भएर सुरक्षाकर्मीको मनोबल घटेको थियो ।’ प्रतिप्रश्न गर्दै अर्यालले भने, ‘अहिले पक्षपात देख्नुभएको छ ?’
यसअघि सरकारमा बस्नेहरूले काम गर्ने सुरक्षा अधिकारीहरूलाई पछाडि पार्ने गरेको बताए । उनले भने, ‘काम गर्नेहरू पछाडि पारिन्थे, अहिले बर्दिको मर्यादा भएको छ ।’
निर्वाचनको सुरक्षा गर्न प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले आफ्ना सम्पूर्ण तयारी पुरा गरेको उल्लेख गर्दै अर्यालले सुरक्षा कर्मीको मनोबल अहिले बढीसकेको जिकिर गरेका छन् । भदौमा २३ र २४ मा भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकारमा सहभागी भएपछि विष पिएर हिंसा रोकेको उनले बताए । अर्यालले भने, ‘बिचलित नभई हिंसा रोकेका हौं, राजनीतिक हिंसा अघि बढ्न दिएका छैनौँ रोकेका छौँ ।’
मुलुकमा अहिले कानुनी राज्य बहाली भएको दाबी गर्दै अर्यालले भने, ‘सबैको मनोबल बढेको छ ।’ द्वन्द्व, लडाइँ र झगडा दोहोरिन नदिने उनले बताए । ‘हामी अहिले कसैको पक्षधर होइनौँ, सुशासन पक्षधर हौँ ।’
दण्डहीनता स्वीकार्य नहुने उल्लेख गर्दै मन्त्री अर्यालले भने, ‘दण्डहीनतालाई प्रश्रय दिने गरी केही गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण