बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
सारांश
- बाँकेका तीन निर्वाचन क्षेत्रमा फागुन २१ गते हुने चुनावका लागि उम्मेदवारले मनोनयन दर्ता गरे।
- क्षेत्र नं १ मा १६, क्षेत्र नं २ मा २२ र क्षेत्र नं ३ मा २२ जनाको उम्मेदवारी दर्ता भयो।
- विभिन्न पार्टीका उम्मेदवारहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।
बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण गौडेल, नेकपा ९एमाले०बाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी, राप्रपाबाट प्रदीपकुमार शाहलगायतले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा ९एमाले०बाट मोहमद इस्तियाक राई, नेपाली कम्युनिस्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले) बाट सुमन मल्ल, नेपाली कम्युनिस्ट पार्टीबाट दीपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाबाट तारकसिंह थारुलगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा, क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण