बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक महिनासम्म हरेक बिहान सुन्तलाको जुस पिउँदा के होला ?

बुधबार, ०७ माघ २०८२, ०६ : ३७
बुधबार, ०७ माघ २०८२

सारांश

  • धेरै नेपालीहरू बिहान चिया पिउँछन्, तर सुन्तलाको जुस पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
  • सुन्तलाको जुसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, छालालाई चम्किलो बनाउँछ, र पाचन प्रणालीमा सुधार गर्छ।
  • घरमै बनाइएको ताजा जुस पिउन र चिनी नहाल्न सल्लाह दिइएको छ, साथै दाँत र मधुमेह भएका व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ।

काठमाडौँ । अधिकांश नेपाली बिहान एक कप तातो चियाबाट दैनिकी सुरुवात गर्छन् । खाली पेटमा चिया पिउनु स्वस्थकर हुँदैन, तर धेरैले यसलाई बेवास्ता गर्छन् ।

दिनको सुरुवात चियाको सट्टा एक गिलास सुन्तलाको जुसबाट सुरु गरियो भने हाम्रो शरीरमा के–कस्ता परिवर्तन आउलान् ? बिहान सबेरै भिटामिन सी भरपुर पाइने सुन्तलाको जुस पिउनाले शरीरमा धेरै आश्चर्यजनक परिवर्तन आउन सक्छन् ।

भिटामिन सीको पावर हाउस
चियामा क्याफिन र ट्यानिन हुन्छ, जबकि सुन्तलाको जुस भिटामिन सी, फोलेट र पोटासियमको भण्डार हो । एक महिनासम्म दैनिक सुन्तलाको जुस पिउनाले रोग प्रतिरोधात्मक प्रणाली उल्लेखनीय रूपमा बलियो हुन्छ । मौसमी रुघाखोकी र थकानमा कमी आएको महसुस गर्नु हुनेछ । भिटामिन सीले शरीरलाई सेतो रक्त कोशिका उत्पादन गर्न मद्दत गर्दछ, जसले रोगसँग लड्न मद्दत गर्दछ ।

छालामा प्राकृतिक चमक
चियाले कहिलेकाहीँ निर्जलीकरण निम्त्याउन सक्छ, जसले तपाईंको छाला रुखो देखाउन सक्छ । सुन्तलाको जुसमा रहेको एन्टिअक्सिडेन्ट र पानीको मात्राले छालालाई भित्रबाट हाइड्रेट गर्छ । भिटामिन सीले कोलेजन बनाउन मद्दत गर्छ, जसले चाउरीपना कम गर्छ र छालालाई जवान र चम्किलो बनाउँछ ।

पाचन प्रणाली सुधार

बिहान खाली पेटमा दुधको चिया पिउनाले धेरै मानिसलाई एसिडिटी वा पेट फुल्ने समस्या हुन सक्छ । सुन्तलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन सुधार गर्छ । यसले शरीरलाई डिटक्सिफाइ गर्न र कब्जियतबाट छुटकारा पाउन पनि मद्दत गर्छ । अत्यधिक एसिडिटीबाट पीडित हुनुहुन्छ भने खाली पेटमा सुन्तलाको जुस पिउनु अघि तपाईंले सावधानी अपनाउनु पर्छ ।

ऊर्जाको स्तरमा परिवर्तन

चिया पिउनाले क्याफिनबाट तुरुन्तै आराम मिल्छ, तर यो ऊर्जा उत्ति नै हराउँछ पनि । सुन्तलामा प्राकृतिक चिनी हुन्छ । यसले शरीरमा बिस्तारै ऊर्जा छोड्छ । बिहान सुन्तलाको जुस पिउँदा दिउँसोसम्म पनि तपाईंलाई बढी सक्रिय र ऊर्जावान महसुस गराउँछ ।

  • ध्यान दिनुपर्ने कुराहरूः

चिनी नथप्ने

प्याकेटमा आउने जुसको सट्टा घरमै बनाएको ताजा जुस पिउनुहोस् । यो जुसमा चिनी भने फिटिक्कै हाल्नु हुन्न । प्याकेजिङ गरिएको जुसमा चिनी थपिएको हुन्छ, जसले फाइदाको सट्टा हानि पुर्‍याउन सक्छ ।

दाँतको हेरचाह

सुन्तलाको जुसमा साइट्रिक एसिड हुन्छ, जसले दाँतको इनामेललाई क्षति पुर्‍याउन सक्छ । त्यसैले जुस पिएपछि तुरुन्तै सादा पानीले आफ्नो मुख कुल्ला गर्नुहोस् ।

मधुमेह

तपाईंलाई मधुमेह छ भने फाइबर पाउन र रगतमा चिनीको अचानक वृद्धि रोक्न सुन्तलाको जुसको सट्टामा सुन्तला नै खानु राम्रो हुन्छ ।

(अस्वीकरणः यस लेखमा उल्लेख गरिएका सल्लाह र सुझाव सामान्य जानकारीका लागि तयार पारिएको हो । स्वास्थ्य सम्बन्धी कुनै पनि प्रश्न वा चिन्ताका लागि सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप