पुल्चोक क्याम्पसका इलेक्ट्रिकल इन्जिनियर पनि चुनावी मैदानमा
सारांश
- ललितपुर क्षेत्र नं. ३ बाट विमर्श मिश्रले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
- उनले युवा पुस्ता र 'जेनजी'का मुद्दाहरूलाई प्राथमिकता दिने बताएका छन्।
- इलेक्ट्रिकल इन्जिनियर मिश्रले स्वदेशमै बसेर काम गर्ने र युवा सशक्तीकरणको एजेन्डा अघि सारेका छन्।
ललितपुर । जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण हुन लागेको यसपटकको प्रतिनिधि सभाको निर्वाचनमा युवाहरूको चासो बढी छ । परम्परागत दलहरूले पनि यस पटक चुनावी मैदानमा धेरैभन्दा धेरै युवाहरूलाई समेट्ने प्रयास गरेका छन् ।
त्यस्तै, देशैभर युवाहरूले चुनावमा स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । यही होडमा सामेल भएका छन्, पुल्चोक क्याम्पसको विद्यार्थी राजनीतिमा छवि बनाएका इलेक्ट्रिकल इन्जिनियर विमर्श मिश्र ।
मिश्रले मंगलबार ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । विशेष गरी ‘जेनजी’ र युवा पुस्ताका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै उनले आफ्नो नाम औपचारिक रूपमा निर्वाचनका लागि दर्ता गराएका छन्।
प्रायः इन्जिनियरिङ उत्तीर्ण गरेपछि विदेश पलायन हुने लहर चलिरहेका बेला विमर्शले भने ‘स्वदेशमै बसेर केही गर्नुपर्छ’ भन्दै चुनावमा होमिएका हुन् । एक दक्ष इलेक्ट्रिकल इन्जिनियरको रूपमा प्राविधिक ज्ञान र युवा नेतृत्वको जोसलाई मिलाएर ललितपुरको विकास र देशको समृद्धिको खाका आफूसँग रहेको उनी दाबी गर्छन्।
‘मैले विद्यार्थीका रूपमा क्याम्पसका समस्या बुझेँ, अब नागरिकका समस्या समाधान गर्न संसद् पुग्न चाहन्छु। ललितपुर ३ ले यस पटक परिवर्तन र भिजन भएको युवा खोजेको छ,’ उम्मेदवारी दर्तापछि मिश्रले बताए।
एक विद्युत् इन्जिनियरको पृष्ठभूमिका कारण उनको विशेष जोड प्राविधिक विकासमा रहेको छ; जहाँ उनले देशको पूर्वाधार निर्माणमा विदेशी विशेषज्ञको भर पर्नुको साटो स्वदेशकै दक्ष जनशक्तिलाई परिचालन गर्ने र नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने भिजन राखेका छन्। साथै, युवा सशक्तीकरणलाई प्राथमिकता दिँदै उनले अबको नीति निर्माण तहमा युवाहरूको प्रत्यक्ष सहभागिता हुनुपर्ने र ’जेनजी’ का भावनाहरूलाई राज्यको मूलधारमा जोड्नुपर्ने कुरालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
उनको क्षेत्रमा नेपाली कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ, नेकपा एमालेबाट सन्दन थापामगर र नेकपाबाट राजकाजी महर्जन उम्मेदवार बनेका छन् । त्यस्तै, रास्वपाबाट पूर्वसांसद तोसिमा कार्की उम्मेदवार बनेकी छन् भने राप्रपाले सवीन खड्कालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण