सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली
सारांश
- केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए।
- उनले सरकारले अपराधीहरूलाई संरक्षण गरेको आरोप लगाए, जसले गर्दा कारबाही हुन सकेको छैन।
- ओलीले झापामा 'जेन-जी' आन्दोलनबाट क्षति भएका संरचनाहरूको निरीक्षण गरे।
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्।
राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन र राजनीतिक कार्यकर्ताका घर तथा कार्यालय जलाउने कार्य पूर्ण रूपमा आपराधिक गतिविधि भएको ओलीको ठहर छ। "अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन, अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउन सकिन्छ," उनले भने। अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप समेत लगाए।
अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार देश जलाउनेहरूकै पक्षमा रहेकाले अपराधीहरूमाथि कारबाही गर्न हिचकिचाइरहेको जिकिर गरे। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका ओलीले बुधबार बिहानैदेखि आन्दोलनबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण