अभावमा पनि ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध छ : एआईजी कार्की
सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सुरु गरेको छ।
- एआईजी ईश्वर कार्कीले ट्राफिक प्रहरी साधन र स्रोतको अभावमा पनि नियम पालना गराउन प्रतिबद्ध रहेको बताए।
- नाइमाले ट्राफिक प्रहरीलाई पाँच वर्षसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तथा आन्तरिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बुधवार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरे ।
तालिम उद्घाटन गर्दै एआईजी कार्कीले साधन र स्रोतको अभावमा पनि ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर लागिपरेको बताए । उनले भने, ‘जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएपछि साधन स्रोत विहीन भएको ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर सड्क खटिएको छ ।’
ट्राफिक प्रहरी अभावको बिचमा पनि सडकमा उपस्थित भएर नियम पालना गराउन कटिबद्ध भएर लागेको कार्कीले बताए । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न ट्राफिक प्रहरीलाई अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पाँच वर्ष सम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने गर्ने भएको छ । ट्राफिक प्रहरीलाई तनाव रहित भएर कानुन पालनामा कठोर बनाउन नाइमासँगै सम्झौता गरिएको एआईजी कार्कीले बताए ।
कानुन पालना गर्दा ट्राफिक प्रहरी कहिलेकाहीँ विवादमा पर्ने गरेको एआईजी कार्कीले बताए । उनले भने, ‘कानुन प्रतिको धारणाको कारण धेरै कुराहरू उब्जेको देखिन्छ ।’
काठमाडौँ उपत्यकामा प्रत्येक महिना करिब २ सय वटा मोटरसाइकल चोरी हुने गरेको छ । चोरी भएका मोटरसाइकल अनुसन्धानपछि फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । एआईजी कार्कीले भेटिएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण