मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

बुधबार, ०७ माघ २०८२, १४ : ०५
बुधबार, ०७ माघ २०८२

सारांश

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ५० मोटरसाइकल र स्कुटर खोजी गरी धनीलाई बुझायो।
  • प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।
  • पुस महिनामा हराएका ९२ वटा मोटरसाइकल र स्कुटर फेला परेको छ, जसमा ३०५ वटा हराएको निवेदन परेको थियो।

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाइ खुवाए । पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका छौँ ।’

पुस महिनामा मात्र ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल र स्कुटर फेला पारेको छ । पुसमा महिनामा ३०५ वटा दुइपांग्रे सवारी हराएको निवेदन आएको एसपी सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप