आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश

बुधबार, ०७ माघ २०८२, १४ : २३
बुधबार, ०७ माघ २०८२

सारांश

  • झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी रास्वपामा प्रवेश गरे।
  • बुढाथोकीले कांग्रेसको सचिव र सदस्य पदबाट राजीनामा दिएको फेसबुकमा जानकारी गराए।
  • उनले पार्टीको कार्यशैली र युवा परिवर्तनको चाहनालाई समर्थन गर्दै रास्वपा रोजेको बताए।

झापा । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । 

‘नेपाली कांग्रेस कमल गाउँ कार्य समिति सचिव पद र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट राजीनामा  दिएको जानकारी सम्बन्धित पार्टी सभापतिलाई अवगत गराउँदैछु,’ बुढाथोकीले भनेका छन् ।

उनले भनेका छन्, ‘हामीले पार्टीमा  गरेको मेहनत र बगाएको पसिना एक दुई ठालुले मात्र ठगिखाने पेसा बनाएको र पार्टी सिस्टममा नचलेर नेताको हुकुममा चल्नुपर्ने परिपाटी कहिले सुधार हुने सङ्केत नदेखिएको र देशले मागेको परिवर्तनलाई अस्वीकार गर्ने र यथास्थितिलाई अँगाल्ने, आफ्नो व्यक्तिगत स्वार्थ सर्वोपरि राख्ने नेताको चरित्रले युवाको देश बनाउने अभियानमा बाधक हुने देखेको र मेरो आफ्नो स्वभाव र स्वाभिमानले समेत सो कुरालाई स्वीकार गर्न नसकेको हुँदा आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागी बन्दै युवा आइकन बालेन शाहलाई झापा–५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप