संगिता कौशल मिश्रासँग ५ लाख धरौटी माग
बुधबार, ०७ माघ २०८२, १७ : ०८
सारांश
- विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासँग ५ लाख धरौटी मागेको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग पत्रमा म्यामोग्राफी मेसिन खरिदमा अनियमितताको आरोप लागेको छ।
- न्यायाधीशको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग ५ लाख धरौटी माग्ने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग पत्रमा आर्थिक वर्ष २०८०/८१ मा गरिएको म्यामोग्राफी मेसिन खरिदमा सुरु देखिनै ठेकेदार कम्पनीसँग मिलेमतो गरी अस्वाभाविक लागत अनुमान तयार पारिएको, गलत प्रतिवेदन र झुट्टा बिलमार्फत भुक्तानी लिइएको उल्लेख थियो ।
म्यामोग्राफी खरिद भ्रष्टाचारमा विभागमा रहेर खरिद मिलेमतोमा सक्रिय अधिकांश कर्मचारी प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण