परराष्ट्र मन्त्री र नेपालका लागि ईयू राजदूतबिच भेटवार्ता
बुधबार, ०७ माघ २०८२, १७ : २३
काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्मा र नेपालका लागि युरोपेली सङ्घ (ईयू) की राजदूत महामहिम भेरोनिक लोरेन्जोबिच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको सो अवसरमा दुवै पक्षबिच नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा द्विपक्षीय सहकार्य, विकास साझेदारी तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
दुवै पक्षले नेपाल र युरोपेली सङ्घबिचको मित्रतापूर्ण सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण