माधव नेपालको उम्मेदवारीविरुद्धको उजुरी
सारांश
- माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ।
- स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए।
- भ्रष्टाचार मुद्दा विचाराधीन रहेका कारण उजुरी दरपीठ गरिएको छ किनभने उनी दोषी प्रमाणित भइसकेका छैनन्।
रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
उम्मेदवारी खारेजीको माग गर्दै बुधबार रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी परेको हो ।
क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए ।
उनका अनुसार आज स्वतन्त्र उम्मेदवार रायले नेता नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए यद्यपि उनको उजुरी भने दरपीठ गरिएको छ ।
रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘भ्रष्टाचार मुद्दाका आरोपित रहेको भन्दै नेता नेपालको उम्मेदवारी खारेज गर्नका लागि राय उजुरी लिएर आएका थिए, तर उजुरी अनुसार नेता नेपाल अहिले दोषी प्रमाणित भइनसकेको हुँदा हामीले उक्त उजुरी लिएनौँ र दरपीठ गर्यौँ ।’
संविधानमा कुनै पनि मुद्दामा दोषी प्रमाणित नहुँदासम्म उम्मेदवारी खारेजीको प्रावधान नभएको हुँदा उक्त निवेदन दरपीठ गरिएको हो । पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण