१२ बजे १२ समाचार: झापामा बालेन भेट्न लर्कोदेखि उम्मेदवारविरुद्ध उजुरीसम्म
सारांश
- बालेन शाहले झापामा तीन हजार शुभचिन्तकलाई भेटे।
- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा दिए।
- अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरियो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. बालेन भेट्न झापामा लर्को
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ स्थित दमकको डेरामै तीन हजार शुभचिन्तकलाई भेट गरे ।
२. ‘सिंहदरबार’ छाडेर सिंहदरबारकै दौड
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ३० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा दिएका समाचारहरू सार्वजनिक भएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् ।
३. कांग्रेसका शीर्ष नेताको निर्वाचन क्षेत्र
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार भएको प्रत्यक्षतर्फको उम्मेदवारी दर्तामा नेपाली कांग्रेसमा केही फरक दृश्य देखिएको छ। लामो समयदेखि पार्टीका तर्फबाट उम्मेदवार बनेर लड्दै आएकाहरूको स्थानमा सभापति गगन थापाले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्।
४. प्रतिनिधिसभा निर्वाचन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जनाले उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।
५. उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
६. सार्वजनिक माछा पोखरीको आम्दानीमा ठेकदारको रजाइँ
कलैया उपमहानगरपालिका– १०, मटीअर्वास्थित सार्वजनिक माछा पोखरीको आम्दानी डेढ दशकदेखि ठेकदारहरूले भोगचलन गर्दै आएको भेटिएको छ ।
७. अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।
८. टिकट पाउन पार्टी परित्याग
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न दल परिवर्तन गर्नेहरू निकै देखिएका छन् । चुनावमा टिकट पाउन पार्टी परिवर्तन गर्नेहरू मधेस प्रदेशमा सबैभन्दा धेरै देखिएको छ ।
९. एसईईको परीक्षा तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
१०. अदालत
निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ ।
११. प्रदेश समाचार
०७९ को आम निर्वाचनसम्म आउँदा तराई र सहरी क्षेत्रमा स्वतन्त्र र नयाँ दलहरूले पुराना र ठुला मानिएका दलहरूलाई धक्का दिँदा कर्णालीमा त्यसको कुनै प्रभाव परेन । यहाँ विशेषगरी ठुला भनिएका दल कांग्रेस, एमाले, माओवादीकै दबदबा छ ।
१२. ग्रीनल्याण्डका लागि ट्रम्पको कर धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड किन्ने आफ्नो प्रस्तावको विरोध गर्ने युरोपेली देशहरूविरुद्ध ‘व्यापार युद्ध’ को धम्की दिएपछि, युरोपले अहिले जवाफमा ‘ट्रेड बजुका’ प्रयोग गर्ने विचार गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण