तनहुँका आठ मतदान केन्द्र अति संवेदनशील
बिहीबार, ०८ माघ २०८२, १९ : ५३
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा आठ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।
उनले भने, “निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने हाम्रो मुख्य लक्ष्य हो । त्यसका लागि अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिनेछ ।”
जिल्लाका १० स्थानीय तहमा ३०९ मतदान केन्द्र छन् । जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण