आयाेगले रास्वपाका जगदीश खरेललाई साेध्याे तीन दिने स्पष्टीकरण
सारांश
- निर्वाचन आयाेगले रास्वपाका उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण साेधेकाे छ।
- खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।
- आयोगले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न खरेललाई निर्देशन दिएको छ।
काठमाडाैँ । निर्वाचन आयाेगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका जगदीश खरेललाई स्पष्टीकरण साेधेकाे छ । बिहीबार आयाेगले दाेलखाबाट उम्मेदवार बनेका खरेललाई स्पष्टीकरण साधेकाे हाे ।
निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरिएकाे भन्दै उनलाई तीन दिन भित्र पेस गर्ने गरी स्पष्टीकरण साेधिएकाे कानुन अधिकृत माेहनराज जाेशीले बताए ।
'उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ (पच्चीस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि तपाईले माथि उल्लेख भएजस्तो कार्य गर्नु भएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून वमोजिम कारबाही गर्नु नपर्ने हो ? यस पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ,'स्पष्टीकरण पत्रमा भनिएकाे छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण