रुपन्देही–२ : ‘पीआर’ त्यागको समय नपुगेपछि पछि हटिन् राप्रपाकी कर्भिका थापा
सारांश
- राप्रपाकी उम्मेदवार कर्भिका थापाले कानुनी प्रावधानका कारण रुपन्देही-२ बाट उम्मेदवारी फिर्ता लिइन्।
- संविधानको धारा २९१ अनुसार पीआर त्यागेको ३ महिना नपुगेकाले उनले उम्मेदवारी फिर्ता लिनुपर्यो।
- कर्भिका पूर्व गृहमन्त्री निरन्जन थापाकी छोरी हुन्, उनको बहिर्गमनले चुनावी समीकरणमा मोड ल्यायो।
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कानुनी प्रावधानका कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेको जानकारी दिएकी हुन् ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशको स्थायी आवास अनुमति (पीआर/ग्रीनकार्ड) त्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था छ । अध्ययनको क्रममा विदेशमा पीआर लिएकी थापाले उक्त कार्ड परित्याग गरेको तीन महिनाको अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिनु परेको स्पष्ट पारेकी छन् । उनले आफूले नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता नलिएको समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
कर्भिका राप्रपा नेता एवं पूर्व गृहमन्त्री निरन्जन थापाकी छोरी हुन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै अब यो क्षेत्रमा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल र नेकपाका विश्वदीप पाण्डेबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण