प्रतिनिधिसभा निर्वाचन
उम्मेदवारी फिर्ता लिनेबारे छलफलमा बाबुराम
शुक्रबार, ०९ माघ २०८२, १२ : ५५
सारांश
- डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिनेबारे पार्टीमा छलफल गरे।
- गोरखा-२ बाट उम्मेदवारी दिएका भट्टराईलाई युवा उम्मेदवारहरूले फिर्ता लिन आग्रह गरेका थिए।
- आज उम्मेदवारी फिर्ता लिने अन्तिम समय रहेको छ, र उनलाई अभिभावक बन्न आग्रह गरिएको छ।
काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्नेबारे पार्टीमा छलफल गरेका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा.भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णयबारे पुनर्विचार सुरु गरेका हुन् ।
उम्मेदवारी फिर्ता लिनका लागि आज समय रहेको छ । स्रोतले भन्यो, ‘डा.साबलाई सबैले तपाईं निर्वाचन लड्ने भन्दा पनि अभिभावक बनिदिन आग्रह गर्नुभएको छ । त्यही भएर आज उहाँले पार्टीमा यसबारे छलफल गर्नुभएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण