दैलेखमा ८ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ
शुक्रबार, ०९ माघ २०८२, १४ : १७
दैलेख । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
दीपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका नेपालीमाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।
घटनाबारे विस्तृत विवरण सङ्कलन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण