‘द ब्रिटिश कलेज’ मा अखिल क्रान्तिकारीले टाँग्यो कालो ब्यानर
काठमाडौँ । थापाथलीको ‘द ब्रिटिश कलेज’ मा अखिल (क्रान्तिकारी) ले कलेजको मुख्य गेटमा कालो ब्यानर टाँगेको छ । ट्रेड टावरको बिजनेस कम्प्लेक्सभित्र सञ्चालित द ब्रिटिस कलेजको मुख्य गेटमा अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले कालो ब्यानर टाँगेका हुन् ।
मापदण्ड विपरीत सञ्चालित ‘द ब्रिटिश कलेज’ ले इन्टर्नका नाममा विद्यार्थीहरूलाई दुबई लगेर अलपत्र पारेको, भर्ना र फीमा चर्को रकम असुलेको, मानव तस्करीको काम गरेको, कर छली गरेको लगायतका आरोप लगाउँदै अखिल (क्रान्तिकारी) ले कालो ब्यानर टाँगेको हो ।
विदेशी सम्बन्धन प्राप्त थापाथलीको द ब्रिटिश कलेज लगायत थापागाउँको प्रेसिडेन्सियल, मैतीदेवीको सफ्टवेरिका र लर्ड बुद्ध, कमलपोखरीको इस्लिङ्टन, तीनकुनेको आइएसएमटी लगायतका कलेजहरूमा साङ्केतिक रूपमा कालो ब्यानर टाँगेको छ ।
सङ्गठनले कालो ब्यानर टाँग्दै ‘शैक्षिक माफियाविरुद्ध विरोधका कार्यक्रमहरू थालेको घोषणा गरेको छ । सङ्गठनले विदेशी विश्व विद्यालय सम्बन्धन प्राप्त कलेजहरूले अवैधानिक रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको, विद्यार्थीबाट चर्को रकम असुलेको, इन्टर्नका नाम विदेश लगेर विद्यार्थीलाई अलपत्र पारेको, नक्कली सर्टिफिकेट प्रदान गरेको जस्ता आरोप लगाएको छ ।
‘विदेशी विश्वविद्यालयको नाममा सञ्चालित यस्ता कलेजहरूले विद्यार्थीमाथिको ठगी, शोषण र लुटपाट तत्काल नरोके यसको मूल्य महँगो पर्छ ।’ अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाहले भने ‘पीडित विद्यार्थी सम्मिलित उच्च स्तरीय छानबिन कमिटी बन्नुपर्छ ।’
विदेशी शिक्षण संस्थाको सञ्चालनसम्बन्धी अवैध निर्देशिका खारेज हुनुपर्ने, विदेशी कलेजका आपराधिक गतिविधि छानबिन हुनुपर्ने, विद्यार्थीमाथि हुने ठगी र शोषण बन्द हुनुपर्ने, मापदण्ड विपरीत सञ्चालित सम्पूर्ण विदेशी सम्बन्धन प्राप्त कलेज खारेज हुनुपर्ने लगायतका माग राख्दै अखिल (क्रान्तिकारी) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ नै अवैधानिक छ, यो खारेज हुनुपर्छ,’ अखिल (क्रान्तिकारी) का सचिव डिबि शाहीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण