बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नवलपरासीमा कांग्रेसले कँडेललाई दियो आधिकारिकता

शुक्रबार, ०९ माघ २०८२, २३ : १७
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले नवलपरासी पश्चिम क्षेत्र नं २ मा देवेन्द्रराज कँडेललाई आधिकारिक उम्मेदवार तोक्यो।
  • निर्वाचन आयोगले भीमबहादुर थापालाई आधिकारिकता दिएकोमा कांग्रेसले कँडेलको नाम सिफारिस गर्‍यो।
  • गगनकुमार थापाले पत्र लेखेर कँडेल आधिकारिक भएको जानकारी गराएका हुन्।

 बुटवल । नेपाली  कांग्रेसले नवलपरासी पश्चिम क्षेत्र नं– २ का आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको जनाएको छ । शुक्रबार कांग्रेसले आधिकारिक उम्मेदवार कँडेल भएको भन्दै निर्वाचन आयोगमा पत्र पठाएको हो ।

पार्टी सभापति गगनकुमार थापाले पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएको निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ। निर्वाचन आयोगले बिहीबार कांग्रेसका भीमबहादुर थापा र कँडेल दुवैले टिकट ल्याए पनि थापा पक्षलाई आधिकारिता प्रदान गरेको थियो ।

तर आज सभापति थापाले आयोगलाई पत्र लेखेर कँडेल आधिकारिक भएको जानकारी गराएका नवलपरासी क्षेत्र नम्बर २ निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत प्रेमनारायण पराजुलीले  रातोपाटीलाई बताए । 

उनले भने– ‘अब यहाँबाट जे हुने भइसक्यो, त्यो केन्द्रीय कार्यालयबाट सच्चायो या  अहिले कायम गर्ने निर्णय माथिबाट हुन्छ । यहाँबाट भइसकेको  अवस्था छ ।

निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए ।

दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्लास्थित मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी बिहीबार थापालाई आधिकारिकता दिएका थिए । यसअघिको निर्वाचनमा  कँडेल राप्रपाका धुव्रबहादुर प्रधानसँग केही मतले पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप