यो पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएँ : सभापति थापा
सारांश
- गगन थापाले यस पटक सर्लाही-४ बाट चुनाव लड्ने आँट गरेको बताए।
- उनले काठमाडौँका मतदाताप्रति आफू ऋणी रहने र मधेसको नेतृत्व गर्न चाहेको कुरा व्यक्त गरे।
- थापाले सर्लाहीमा कार्यालय स्थापना गर्ने र युवाहरूको भावना अनुसार पार्टीमा परिवर्तन ल्याउने प्रयास गरेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौँमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् ।
काठमाडौँ–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उल्लेख गरे ।
कांग्रेसलाई मधेसले नै अहिलेको अवस्थामा ल्याएकाले मधेससँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेसको नेतृत्व गर्ने प्रयास गरे मात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे ।
आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेसका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे ।
त्यस्तै, सभापति थापाले युवाहरूको भावनालाई आत्मसाथ गर्न पार्टीमा परिवर्तनको प्रयास गरेको र सफल भएको बताए । अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमी कमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण