घ्यू र धुलो दुध विदेश पठाउने उद्योगलाई कोशी प्रदेश सरकारले अनुदान दिने
सारांश
- कोशी प्रदेश सरकारले दुग्धजन्य पदार्थ निर्यात बढाउन उद्योगीहरूलाई प्रोत्साहन अनुदान दिने भएको छ।
- घ्यू र धुलो दुध निर्यात गर्ने डेरी उद्योगी तथा व्यवसायीहरूले नगद अनुदान पाउनेछन्।
- यस कार्यक्रममा सहभागी हुन फागुन ११ गतेभित्र मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ।
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र उत्पादित दुग्धजन्य पदार्थको निर्यात बढाउन उद्योगीहरूलाई प्रोत्साहन अनुदान दिने भएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत घ्यू र धुलो दुध निर्यात गर्ने डेरी उद्योग तथा व्यवसायीहरूलाई नगद अनुदान उपलब्ध गराउने योजना अघि सारेको हो।
प्रदेशमा सञ्चालित र दर्ता भएका डेरी उद्योगहरूले यहाँ उत्पादित नौनी, घ्यू, होल मिल्क पाउडर वा स्किम्ड मिल्क पाउडर अन्य मुलुकमा निर्यात गरेमा यस्तो सुविधा पाउनेछन्। यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यवसायीहरूले आगामी फागुन ११ गतेभित्र मन्त्रालयमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको छ। सरकारले आफ्नै प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन र किसानको दुधले उचित मूल्य पाओस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको हो।
सूचीकृत भएका उद्योगीहरूले चालु आर्थिक वर्षभित्र तोकिएका वस्तुहरू विदेश निर्यात गरेको आधिकारिक प्रमाण र आवश्यक कागजात पेस गरेपछि मात्र भुक्तानी प्रक्रिया अघि बढ्नेछ। यसका लागि मन्त्रालयले २०८३ साल जेठ मसान्तसम्म निवेदन दिने समय तोकेको छ। कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड २०८० अनुसार सर्तहरू पालना गर्ने व्यवसायीले मात्र यो अनुदान पाउने मन्त्रालयले स्पष्ट पारेको छ।
अनुदानका लागि आवश्यक पर्ने निवेदनको ढाँचा र मापदण्ड मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण