यी हुन् सरकारी रकम नतिर्ने ५२ जना (सूची)
सारांश
- महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिर्नेहरूलाई कडा चेतावनी दिएको छ।
- कार्यालयले ऋणीहरूको चल-अचल सम्पत्ति रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया थालेको छ।
- ३५ दिनभित्र सम्पर्कमा नआए सम्पत्तिमा दाबी गरिने र ब्याज नबुझाए कानुनी कारबाही हुनेछ।
काठमाडौँ । सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।
बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । यसअघि पनि वेबसाइटमार्फत नाम सार्वजनिक गरिएको र उपस्थित हुन आग्रह गरिएको भए तापनि ऋणीहरूले बेवास्ता गरेपछि कार्यालय कडा रूपमा प्रस्तुत भएको हो ।
सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ । यसरी सरकारी बाँकी असुल गर्दा सम्बन्धित व्यक्तिको आर्थिक वा सामाजिक प्रतिष्ठामा पुग्ने क्षतिप्रति कार्यालय जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।
लामो समयदेखि सरकारी बक्यौता नतिर्नेहरूको सूची लामो भएपछि सरकारले कडाइ गर्न थालेको देखिन्छ । तोकिएको समय सीमाभित्र फरफारक नगर्नेहरूको हकमा कानुनी कारबाहीको प्रक्रिया तत्कालै अघि बढ्ने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण