थ्रीनट थ्री राइफल र नक्कली पेस्तोल प्रदर्शन गर्दै हिँड्ने २ जना पक्राउ
सारांश
- ललितपुरमा थ्री नट थ्री राइफल र पेस्तोल प्रदर्शन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काठमाडौं सुविधानगरका २८ वर्षीय किरण घिमिरे र एक बालक रहेका छन्।
- प्रहरीले नक्कली हतियार र खुकुरी बरामद गरेको छ, र उनीहरूलाई सीसीटीभीको आधारमा पक्राउ गरेको हो।
काठमाडौँ । ललितपुरमा थ्रीनट थ्री राइफल र पेस्तोल प्रदर्शन गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा राइफल बोकेर हिँडेको देखिएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित सुविधानगर बस्ने २८ वर्षीय किरण घिमिरे र अर्का एकजना बालक छन् । एसइईको तयारी गरिरहेका बालक मोटरसाइकलको पछाडि बसेका थिए ।
आरोपीहरूको साथबाट प्रहरी एउटा थ्रीनट थ्री राइफल जस्तो देखिने हतियार, दुईथान पेस्तोल र ३ थान खुकुरी बरामद गरेको छ । बरामद हतियार नक्कली रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
सातदोबाटो स्थित मूल सडकमा मोटरसाइकलमा हतियार प्रदर्शन गर्दै हिँडेको देखेपछि ट्राफिक प्रहरीले प्रहरी वृत्त सातदोबाटोमा खबर गरेका थिए । सिसिटिभी फुटेजको आधारमा उनीहरूलाई प्रहरीले सुविधानगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
आइतबार बिहान १ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको एसएसपी बोगटीले जानकारी दिए । आरोपीहरूमाथि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण