निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
सारांश
- निर्वाचन आयोगले चुनाव प्रचारमा राष्ट्रिय झण्डाको प्रयोगबारे प्रस्ट पारेको छ।
- आयोगका अनुसार जुलुस, आमसभा आदिमा बढीमा १० वटा झण्डा प्रयोग गर्न पाइनेछ।
- सामाजिक सञ्जाल र सडक प्रदर्शनमा झण्डाको अनादर भएको गुनासो आएपछि आयोगले यस्तो निर्णय गरेको हो।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग बढेको भन्दै चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले यसबारेको प्रावधान प्रस्ट पारेको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार वा दलले चुनावी प्रचारका क्रममा आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था छ। यो तोकिएको संख्याभन्दा बढी झण्डा प्रयोग गर्नु आचारसंहिताको ठाडो उल्लङ्घन हुने र त्यसो गरिएमा कानुनी कारबाहीको भागीदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
विशेष गरी सामाजिक सञ्जाल र सडक प्रदर्शनहरूमा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग गरिएको गुनासो आएपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो। सार्वजनिक कार्यक्रमबाहेक अन्य सामान्य प्रचारप्रसारका सामग्रीमा राष्ट्रिय झण्डाको प्रयोग गर्न वा गराउन पूर्ण रूपमा बन्देज लगाइएको छ।
आयोगले निर्वाचन आचारसंहिताको स्मरण गराउँदै राजनीतिक दल तथा उम्मेदवारहरूलाई राष्ट्रिय झण्डा प्रयोगको निश्चित सीमा र नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण