बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा सदस्य निर्वाचन

साँझ ५ बजेभित्र राष्ट्रिय सभाको एकमुष्ट नतिजा आउँछ : रामप्रसाद भण्डारी

आइतबार, ११ माघ २०८२, १३ : ४३
आइतबार, ११ माघ २०८२

सारांश

  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजा साँझ ५ बजेसम्म सार्वजनिक हुने बताए।
  • १८ राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार बिहानदेखि सातै प्रदेशमा मतदान भइरहेको छ, जसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भइसकेको छ।
  • निर्वाचन आयुक्तका अनुसार, मतदान ३ बजेसम्म हुनेछ र त्यसपछिको २ घण्टाभित्र नतिजा आउनेछ, साथै सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ।

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् । 

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ । 

‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म हो, त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्छ’, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । उनका अनुसार सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ । 

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ । 

त्यस्तै गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप