रक्षा खर्च बढाउन अमेरिकाबाट कुनै अनुरोध आएको छैन: ताकाइची
सारांश
- जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले अमेरिकाले रक्षा खर्च जीडीपीको ५ प्रतिशत पुर्याउन प्रत्यक्ष आग्रह नगरेको बताइन्।
- उनले जापानको रक्षा नीति राष्ट्रिय आवश्यकतामा केन्द्रित हुने र खर्च निर्धारण सोही अनुसार हुने स्पष्ट पारिन्।
- अमेरिकाले सहयोगी देशहरूलाई सुरक्षा खर्च बढाउन आग्रह गरेको छ, तर जापानले यसलाई आफ्नै आवश्यकता अनुसार निर्धारण गर्नेछ।
टोकियो । जापानको रक्षा खर्च बढाएर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५ प्रतिशतमा पुर्याउन अमेरिकाले जापानलाई प्रत्यक्ष रूपमा कुनै आग्रह नगरेको जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले स्पष्ट पारेकी छिन् । शनिबार एक अनलाइन कार्यक्रममा बोल्दै अमेरिकी पक्षबाट यस्तो सङ्ख्यात्मक लक्ष्यबारे प्रत्यक्ष जानकारी नआएको उनले बताइन् ।
‘५ प्रतिशत भन्ने ठोस संख्या अमेरिकाबाट मैले प्रत्यक्ष सुनेकी छैन,’ ताकाइचीले भनिन्, ‘आफ्नो सुरक्षाका लागि के–कति आवश्यक छ, त्यसको आधारमा जापानले खर्च निर्धारण गर्नेछ ।’ जापानको रक्षा नीति आफ्नै राष्ट्रिय आवश्यकतामा केन्द्रित हुने उनले बताइन् । छ।
शुक्रबार सार्वजनिक गरिएको अमेरिकी रक्षा रणनीतिमा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा फर्किएपछि पहिलो पटक सहयोगी देशहरूलाई आफ्नो सुरक्षाका लागि खर्च बढाउन आग्रह गरिएको छ । उक्त दस्ताबेजमा नाटो सदस्य देशहरूले सन् २०३५ सम्म जीडीपीको ५ प्रतिशत रक्षा खर्च गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गरिएको छ । उनी यस्तो मापदण्ड विश्वभर लागू गर्न अमेरिका चाहन्छ ।
चीन र उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौतीबिच जापान हाल पाँच वर्षे योजनाअन्तर्गत रक्षा खर्च उल्लेख्य रूपमा बढाउने प्रक्रियामा छ । प्रधानमन्त्री ताकाइचीको नेतृत्वमा सरकारले अपेक्षित समयभन्दा अगाडि नै रक्षा तथा सम्बन्धित खर्च जीडीपीको २ प्रतिशत पुर्याइसकेको छ । अमेरिकाले भनेकै भरमा मात्र रक्षा खर्च जीडीपीको ५ प्रतिशत पुर्याइने निर्णय नहुने जापानका वरिष्ठ परराष्ट्र मन्त्रालय अधिकारीले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण