सलमानको फिल्म ‘ब्याटल अफ गलवान’ को गीतमा देखिए नेपाली हिरो अनुपविक्रम
सारांश
- सलमान खान अभिनित फिल्म 'ब्याटल अफ गलवान' को गीत सार्वजनिक भएको छ, जसमा अनुपविक्रम शाही देखिएका छन्।
- 'मातृभूमि' बोलको गीत देशभक्तिको भावनामा आधारित छ, जसमा अनुपविक्रम र सलमान एउटै फ्रेममा छन्।
- फिल्म सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबीच भएको झडपको कथामा आधारित छ र १७ अप्रिलमा प्रदर्शन हुनेछ।
काठमाडौँ । अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक भएको छ । ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सलमान खानसँगै देखिएका छन् । देशभक्तिको भावना समेटिएको उक्त गीतमा अनुपविक्रम सलमानसँग एउटै फ्रेममा देखिएका हुन् ।
केही समयअघि अनुपविक्रमको विषयमा सललमानसँग फिल्म खेल्दै भनेर समाचार आएको थियो । अहिले भने उनी सो गीतमा सलमानसँगै देखिएका छन् । गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ ।
सलमान खान फिल्म्सको प्रस्तुति रहेको यो फिल्म अपूर्व लाखियाले निर्देशन गरेका हुन् । फिल्म सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबिच भएको झडपको कथावस्तुमा आधारित छ ।
फिल्ममा सलमान खान, चित्रांगदा सिंहको मुख्य भूमिका छ । फिल्ममा नेपाली अनुपसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय छ । ‘ब्याटल अफ गलवान’ १७ अप्रिल (वैशाख ४) देखि प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण