गृह मन्त्रालयको बजेटलाई लिएर अमेरिकी सिनेटमा टकराव
वासिङ्टन डीसी । अमेरिकाको मिनेसोटा राज्यमा संघीय सीमा सुरक्षा अधिकारीद्वारा एक व्यक्तिको गोली हानी हत्या भएपछि गृह सुरक्षा मन्त्रालय (डीएचएस)को बजेटलाई लिएर अमेरिकी सिनेटमा राजनीतिक टकराव चर्किएको छ ।
सिनेटका अल्पमतक नेता चक शुमरले मन्त्रालयको बजेट समावेश भएको खर्च विधेयकलाई डेमोक्र्याटहरूले समर्थन नगर्ने घोषणा गरेपछि आंशिक सरकारी शटडाउनको सम्भावना बढेको छ ।
शुमरले सामाजिक सञ्जालमा लेख्दै भने, 'डेमोक्र्याटहरूले डीएचएस बजेटमा सुधारको माग गरे तर रिपब्लिकनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबविरुद्ध उभिन मानेनन् । यसैले म यस विधेयकको विपक्षमा मतदान गर्नेछु ।' डीएचएस अन्तर्गतको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) का गतिविधिमा नियन्त्रण गर्न बजेट अपर्याप्त रहेको आरोप पनि उनले लगाए ।
शुक्रबार मध्यरातसम्म सिनेटले खर्च विधेयक पारित नगरे अमेरिकामा सरकारी कामकाज आंशिक रूपमा बन्द हुन सक्छ । विधेयकलाई अघि बढाउन ६० मत आवश्यक छ । ५३ सिट भएको रिपब्लिकन बहुमतलाई कम्तीमा आठ डेमोक्र्याटको समर्थन चाहिन्छ । रिपब्लिकनका सिनेटर र्यान्ड पलले पनि विपक्षमा मतदान गर्ने सम्भावना छ ।
मिनेसोटामा यसै महिना संघीय अधिकारीद्वारा भएका तीनवटा गोलीकाण्डपछि डीएचएस र आईसीईको भूमिकामाथि प्रश्न उठिरहेका छन् । यही सन्दर्भमा डेमोक्र्याटहरूले कडा निगरानी र सुधारबिना डीएचएसलाई बजेट दिन नसकिने अडान लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण