राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा २८६ मत खस्यो, ५ जनाले गरेनन् मतदान
आइतबार, ११ माघ २०८२, १५ : ३१
बुटवल । राष्ट्रिय सभा लागि लुम्बिनी प्रदेशमा शतप्रतिशत मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्मको समयावधिमा उक्त संख्यामा मत खसेको हो ।
प्रदेश सभा सदस्यतर्फ ३० महिला र ४८ पुरुष गरी ७८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ ८५ महिला र १२३ पुरुष गरी २०८ मत खसेको छ ।
निर्वाचन कार्यालयले प्रदेश सभा र स्थानीय तह गरी २८६ जना मतदाता रहेको जनाएको छ । यहाँ ३ सिटको लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
लुम्बिनी प्रदेशका ५ सांसदले अनुपस्थित रहे । राप्रपाका ४ जना र नेपाली कांग्रेस १ जना अनुपस्थित रहेका हुन् । कांग्रेसका सांसद अनुराग खडका अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण