राष्ट्रियसभा निर्वाचन
गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना विजयी
आइतबार, ११ माघ २०८२, १७ : १६
सारांश
- राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भए।
- निर्वाचनमा २२३ मत खसेको थियो, जसमा राप्रपाका २ र सत्ता गठबन्धनका ३ जना सहभागी भएनन्।
- तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे, तर सत्ता गठबन्धनको अनुमानित मतभारभन्दा कम हो।
पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए ।
गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।
यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । मतदानमा सहभागी नभएका पालिका तर्फका तीनैजना मतदाता सत्ता गठबन्धनका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण