निर्वाचनको मुखैमा राजेन्द्र महतोको पार्टी फुट्यो
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन आउन ३९ दिन मात्र बाँकी रहँदा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा फुट आएको छ ।
पार्टीका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य र धनुषा जिल्ला कार्यसमितिका सदस्यसहित नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी परित्यागको घोषणा गर्दै उनीहरूले आज एक संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य गरी १२ जनाले पार्टी छाडेका छन् । यस्तै धनुषा जिल्ला कार्यसमितिका १० जनाले पनि पार्टी परित्याग गरेको घोषणा विज्ञप्ति मार्फत गरिएको छ ।
विज्ञप्तिमा नेपाल गम्भीर राजनीतिक सङ्कट र दिशाहीनताको अवस्थामा पुगेको स्वीकार गर्दै वर्तमान राजनीति दलगत सङ्कीर्णता, अवसरवाद र व्यक्ति(केन्द्रित भएकोले मुलुक र जनतालाई थप निराशातर्फ धकेलेको निष्कर्ष निकालिएको छ ।
यस्तो अवस्थामा पार्टीगत आवरणभन्दा माथि उठेर देश, जनता, विधिको शासन तथा बृहत्तर लोकतान्त्रिक राजनीतिक एकता नै वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उनीहरूको ठहर छ ।
पार्टी परित्याग गर्ने नेता–कार्यकर्ताले अब यथास्थितिवादी, विभाजनकारी र जनआकांक्षाविरोधी राजनीतिबाट अलग हुँदै देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन् ।
उनीहरूले उक्त नयाँ यात्राबारे केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी पनि गराएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण