अभिषेकको विस्फोटक ब्याटिङले न्युजिल्यान्ड ध्वस्त, भारतलाई लगातार ११औँ टी–२० सिरिज
सारांश
- अभिषेक शर्माको आक्रामक ब्याटिङको मद्दतले भारतले न्युजिल्यान्डलाई हरायो, १५४ रनको लक्ष्य १० ओभरमा पुरा गर्यो।
- भारतले ५ खेलको टी-२० सिरिजमा ३-० को अग्रता लिँदै सिरिज जित्यो, यो भारतको लगातार ११औं टी-२० सिरिज जित हो।
- न्यूजील्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक रन बनाए पनि, भारतका बलरसामु टिक्न सकेनन्, जसप्रित बुमराहले ३ विकेट लिए।
गुवाहाटी । अभिषेक शर्माको तुफानी ब्याटिङको मद्दतले भारतले न्युजिल्यान्डलाई घुँडा टेकाएको छ। गुवाहाटीको बरसापारा स्टेडियममा आइतबार अभिषेकले मात्र १४ बलमा अर्धशतक प्रहार गरेपछि भारतले न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य मात्र १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
यो जितसँगै ५ खेलको टी–२० सिरिजमा भारतले ३–० को अग्रता लिँदै सिरिज आफ्नो नाममा पक्का गरेको छ। भारतको यो लगातार ११औँ टी–२० सिरिज जित हो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १५३ रन मात्र बनाउन सक्यो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाए पनि अन्य ब्याट्सम्यान भारतीय बलरसामु टिक्न सकेनन्। भारतका जसप्रित बुमराहले घातक बलिङ गर्दै ३ विकेट लिए भने हार्दिक पाण्ड्या र रवि बिश्नोईले २–२ विकेट चट्काए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले ६० बल बाँकी छँदै खेल समाप्त गर्यो। अभिषेक शर्माले ६८ रनको विस्फोटक इनिङ खेले। उनले भारतका लागि टी–२० इतिहासकै दोस्रो द्रुत अर्धशतक बनाएका हुन्। यसअघि सन् २००७ मा युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड छ। कप्तान सूर्यकुमार यादवले ५७ र इशान किशनले २८ रनको योगदान दिए। सञ्जु सामसन भने खाता नखोली आउट भए।
यस खेलमा भारतले मात्र ३.१ ओभरमा टिमको ५० रन पूरा गरेर अर्को रेकर्ड पनि कायम गर्यो। न्युजिल्यान्डका लागि म्याट हेनरी र ईश सोढीले १–१ विकेट लिए। यो हारसँगै न्युजिल्यान्डले भारतसँग लगातार पाँचौँ टी–२० सिरिज गुमाएको छ। सन् २०१९ यता न्युजिल्यान्डले भारतलाई हराउन सकेको छैन।
जुलाई २०२३ मा वेस्ट इन्डिजसँग हारेयता भारतले पछिल्ला १५ वटा टी–२० सिरिजमा हार व्यहोर्नु परेको छैन। सिरिजको चौथो खेल जनवरी २८ मा विशाखापट्टनममा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण