बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मन्टेश्वरीदेखि प्लम्बिङसम्मको तालिम लिन चाहनुहुन्छ ? सरकारले सातै प्रदेशमा खुलायो आवेदन

सोमबार, १२ माघ २०८२, ०७ : ३६
सोमबार, १२ माघ २०८२

सारांश

  • लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले सातै प्रदेशमा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ।
  • केन्द्रले मन्टेश्वरी, बार्बर, बेसिक ब्युटिसियन र जुनियर प्लम्बिङ विषयमा तालिम दिनेछ।
  • तालिमका लागि ७७ वटै जिल्लाका इच्छुक नागरिकले १५ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

काठमाडौँ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वरले सातै प्रदेशमा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । केन्द्रले मागमा आधारित तालिमका लागि सोमबार सूचना प्रकाशित गर्दै ७७ वटै जिल्लाका इच्छुक नागरिकबाट आवेदन माग गरेको हो ।

केन्द्रले मन्टेश्वरी, बार्बर (हेयर ड्रेसर), बेसिक ब्युटिसियन र जुनियर प्लम्बिङ विषयमा तालिम दिन लागेको हो । ३ सय ९० घण्टा अवधिको यो तालिम सातै प्रदेशमा सञ्चालन हुनेछ । हरेक प्रदेशमा २० वटाका दरले तालिम सञ्चालन गर्ने तयारी केन्द्रले गरेको छ । देशका ७७ वटै जिल्लाका तोकिएको योग्यता पुगेका नेपाली नागरिकले यी तालिममा सहभागिता जनाउन सक्नेछन् ।

तालिममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइनमार्फत मात्रै दिन सकिनेछ । यसका लागि केन्द्रको वेबसाइट वा सोझै अनलाइन आवेदन पोर्टल (apply.mcsipc.gov.np) मा गएर फारम भर्न सकिने व्यवस्था मिलाइएको छ ।

कुन जिल्लामा कुन तालिम र कति सङ्ख्यामा खुल्दैछ भन्ने विस्तृत जानकारी वेबसाइटमा राखिएको छ । अनलाइन आवेदन भर्दा कुनै समस्या आएमा कार्यालयको सूचना अधिकारी वा तोकिएको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ ।

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप