नेपालस्थित भारतीय राजदूतावासमा मनाइयाे गणतन्त्र दिवस
काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासमा ७७औँ गणतन्त्र दिवस मनाइएको छ ।
कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सोमबार भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ गरे ।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।
सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । रु ७ करोड २ लाख बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरू हस्तान्तरण गरे ।
कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्त्वपूर्ण प्रगतिलाई समेटिएको एउटा भिडियो प्रस्तुत गरिएको थियो।
यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत जीवन्त नृत्य र साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन
-
पर्याप्त आधार र प्रमाणबिना हाइप्रोफाइल नेता धमाधम पक्राउ, अदालतमा ‘प्रमाण अभाव’
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण