पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी
सारांश
- पाल्पामा पछिल्लो छ महिनामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
- जिल्लामा कुष्ठरोगीको संख्या १७ पुगेको छ र सबै बिरामीको उपचार भइरहेको छ।
- रोग लागेका व्यक्तिले समयमै उपचार गराउनुपर्नेमा जोड दिइएको छ।
पाल्पा । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् ।
सबैभन्दा बढी रामपुर नगरपालिका दुई र निस्दी गाउँपालिकामा दुई जना कुष्ठरोगी रहेका उनले जानकारी दिए । पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा एकरएक जना कुष्ठरोगी रहेका उनले बताए ।
जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थामा बिरामीको उपचार भइरहेको छ । रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकामा भने कुष्ठरोगी नरहेका निमित्त प्रमुख पोखरेलले बताए । नयाँ सात बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको सङ्ख्या १७ पुगेको उनले जानकारी दिए ।
७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका निमित्त प्रमुख पोखरेलले रोगको अवस्थाबारे जानकारी गराउँदै अहिले रहेका १७ मध्ये १० पुरुष र सात जना महिला रहेका उल्लेख गरे । बिरामी सबैको उपचार भइरहेको छ ।
गत आवमा पाल्पामा २१ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा १८ जना नयाँ बिरामी थपिएका हुन् । उक्त आर्थिक वर्ष सबैभन्दा बढी रामपुर नगरपालिकामा पाँच जनामा कुष्ठरोग देखिएको पोखरेलले बताए । उनका अनुसार पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा एकरएक जना, तानसेन नगरपालिकामा तीन जना, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा चाररचार जना र माथागढी गाउँपालिकामा दुई जना कुष्ठरोगी भेटिएका थिए ।
सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि पाल्पासहित कतिपय जिल्लामा अझै पनि कुष्ठरोगी छन् । विगतको तुलनामा कुष्ठरोगीको सङ्ख्यामा केही कमी भने आएको पोखरेलले बताए । उनले भने, “पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोग अन्त्य पनि भएको छैन तर विकराल समस्याका रूपमा पनि छैन ।” अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उहाँले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गरे ।
कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेका अनुसार कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग हो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उनले जानकारी दिए । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने जनाउँदै उनले समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट बच्न सकिने बताए । यो रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण